जनयुद्ध लडेको लोकतान्त्रिक गणतन्त्र ल्याउन होइन,संघीय जनगणतन्त्र ल्याउन लडेका थियौ: सीपी गजुरेल

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले नेपालमा संघीय जनगणतन्त्र आवश्यक भइसकेको दावी गरेका छन् ।

 

 

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल १ नं.प्रदेश समितिले धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गजुरेलले सो कुराको बताएका हुन् ।

 

 

 

पहिलादेखि नै आफूहरुले यही एजेन्डा लिएर जनातालाइ आह्वान गर्दै आएको नेता गजुरेलले बताए ,आफूहरुले ल्याउन चाहेको जनगणतन्त्र थियो तर आयो गणतन्त्र र यो बीचमै अलमलियो,त्यसो हुनाले अब नेपालमा संघीय जनगणतन्त्र ल्याउनुपर्छ,ल्याउनका लागि सबै जनतालाइ हामीले अहावन गर्दछाै। उनले लोकतान्त्रिक गणतन्त्र बुर्जुवा पार्टीहरुको माग रहेको आरोप लगाए ।

 

 

 

जनयुद्ध लडेको गणतन्त्रका लागि हो भन्ने भ्रम रहेको बताउँदै उनले भने, ‘दस्तावेजहरु हेर्नुहोस्, हामीले जनगणतन्त्रकै लागि लडेका हौं तर संविधान आउने बेलामा प्रचण्ड, बाबुरामहरुले विश्वासघात गरेर आफ्नै एजेन्डाप्रति गद्दारी गर्दै लोकतान्त्रिक गणतन्त्र भन्दै दौडिए, कम्युनिष्टले त लोकतान्त्रिक गणतन्त्रका लागि त लड्ने हाेइन भनेर हामीले पार्टी भित्र लडाइ गरेउ र त्यही कारण पार्टी फुटेकाे गजुरेलले बताए।

 

१२ बुँदे समझदारी गर्दा आफूहरु जेलमा रहेकोले यो कुरा उठाउन नपाएको उनले गुनासाे गरेका थियो । ‘अब यो व्यवस्थाले हुँदैन, सम्भव भएन, अब जनगणतन्त्रको वकालत गरौं ।’ उनले भने, संघीय जनगणतन्त्र नै अग्रगामी विकल्प र व्यवस्था हो । यसले मात्र समस्याको समाधान गर्न सक्ने गजुरेलले स्पष्ट पारे  ।

 

राजतन्त्र ल्याउनु प्रतिगमन भएको बताउँदै उनले अग्रगामी व्यवस्थामा जानुपर्ने बताए । जनगणतन्त्र आइसकेपछि कायापलट नभइहाल्ने तर यसकै सिद्धान्तले राज्य निर्माण हुँदा देशले कोल्टे फेर्ने उनको दावी थियो ।

 

अहिले नै हतियार उठाउने योजना नरहेको उनले जानकारी दिए । ‘जनताले त्यो व्यवस्था चाह्यो भने आइहाल्छ, हामी हतियार उठाउँदैनौं, जनमत सिर्जना गरेर जान्छौं । उनले भने ।

 

दुईतिहाइको सरकार आन्तरिक कारणले ढलेको उनले बताए । ओलीको कारणले मात्रै देश नबिग्रिएको र व्यवस्थाकै कारण देश धरापतर्फ धकेलिएको उनको भनाइ थियो ।

 

 

लगभग दुई महिनाभइसकेपनि सरकारै गठन हुननसक्नु दुःखद् भएको उनको भनाइ थियो । ‘सरकारले त केही गरेन नै, सरकारै गठन हुन सकेको छैन । उनले भने  आफूहरुले एससिसीको विरोध गरेकाले अहिलेसम्म संसदबाट परित गर्न नसकेकाे र जनताले एमसीसीकाे बारेमा सबैकुरा बुझिसकेकाले अब संसदबाट पास गर्ने सम्भावना घटदै गएकाे गजुरेलले बताएका छन्।