नेपालसँग ओमान ७ विकेटले पराजित

काठमाडौ। ओमनविरुद्ध नेपाल ७ विकेटले विजयी भएको छ। नेपालले १८।२ ओभरमै लक्ष्य भेट्टाएको थियो। नेपालको जितका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५२ रन बनाए। ज्ञानेन्द्र मल्लले ४६ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए।

 

 

त्यसअघि ओपनर कुशल भुर्तेलले ६ रन, आरिफ शेखले ४० र रोहित पौडेलले ६ रन बनाएर आउट भएका थिए। अन्तिम रनका लागि क्रिजमा आएका शरद भेषवाकरले १ रन बनाए।

 

 

टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले सबै विकेट गुमाएर १२१ रन बनाएको थियो।

 

 

नेपालका लागि करन केसी र सन्दीप लामिछानेले ४/४ विकेट लिएका थिए भने शरद भेषावकरले २ विकेट लिएका थिए।