तपाईले यी एपबाट मोबाइलमा सजिलै भिडियो एडिट गर्नुहोस्

काठमाडौं। कोरोनाभाइरसका कारण लामो समय घरमै बस्नुपर्ने भए पछि युट्युव भिडियो क्रियटरको संख्या उल्लेख्य रुपमा बढेको छ ।

 

यस्तो भिडियो एडिटिङका ससाना कामका लागि प्रोफेसनल एडिटरको आवश्यकता परिरहेको हुन्छ । मोबाइलमा केही एपको सहयोगमा सहजै प्रोफेसनल देखिने भिडियो एडिट गर्न सकिन्छ ।

 

हेर्नुहोस् मोबाइलमै भिडियो एडिट गर्न सकिने सबैभन्दा महत्वपूर्ण एप

काइन मास्टर

काइन मास्टर भिडियो एडिटिङका लागि उपलब्ध केही विकल्पमध्येको यो केही समय पहिलेसम्म सबैभन्दा अगाडि थियो ।यो एक उत्कृष्ट भिडियो एडिटिङ एप हो ।

 

यदि एक पटक तपाईंले यसका सबै फंसनलाई राम्रोसँग बुझ्नुभयो भने अर्को कुनै एपको आवश्यकता नै महसुस हुने छैन । यसमा कयौं एड्भान्स फिचर पनि छन् ।

 

 

जसले एडिटिङका लागि ग्रिन स्क्रिन, ब्याकग्राउन्ड रिमुभल आदि जस्तो गज्जबको सुविधा दिने गर्दछन् ।वाटरमार्क सहित यो एपको प्रयोग निःशुल्क रुपमा गर्न सकिन्छ ।

 

 

यो एपमा कयौं यस्ता फिचर छन् जसले यसलाई प्रिमियम भिडियो एडिटिङ सफ्टवेयरको क्याटेगरीमा सामेल गराउँदछ । यो एप एन्ड्रोइड भर्सन ५.० वा त्यसभन्दा माथिल्ला भर्सनमा काम गर्दछ ।

भिडियो शो

भिडियोशो एपको सबैभन्दा राम्रो विशेषता भनेकै ययसबाट एचडी क्वालिटीको भिडियो एडिट गर्न सकिन्छ । जब यो एपको माध्यमबाट कुनै एडिटिङ सुरु गर्नुहुन्छ, त्यसका लागि एउटा थिम छनौट गर्नुपर्ने हुन्छ ।

 

 

त्यसपछि भिडियोमा राख्न चाहेका फोटोहरुलाई छनौट गर्नुपर्ने हुन्छ ।यसरी केही मिनेटमै एपले भिडियो तयार पार्दछ । यस बाहेक टेक्स्ट समेत आफ्नो रुचीको स्टाइलमा चयन गर्न सकिन्छ ।यसमा ब्याकग्राउन्ड म्युजिकपनि राख्न सकिन्छ ।

 

 

यसका साथै दुई वा सो भन्दा बढी भिडियो एक साथ जोड्न सकिन्छ । यो एप प्रयोग गर्न सिक्ने कुरामा पनि धेरै समय लाग्दैन ।यो भिडियो एडिटिङ एपमा जुम इन, जुम आउट जस्ता कयौं आकर्षक फिचर समेत छन् । यो एप प्रयोग गर्न फोनमा एन्ड्रोइड ४.१ वा त्यसभन्दा माथिको भर्सन हुन जरुरी छ ।

पावरडिरेक्टर

यो मोबाइलसँगै विण्डोजका लागि पनि उपलब्ध छ । अधिकतर युट्युबर यो एप प्रयोग गर्न रुचाउँछन् ।यसमा ग्रिन स्क्रिन, स्ट्रिम, स्प्लाइस, रोटेट, ब्राइटनेस कन्ट्रोल जस्ता एडिटिङका सबै प्रिमियम फिचरहरु देख्न पाइन्छ ।

 

 

एपमा पीआईपी अर्थात पिक्चर इन पिक्चरको सपोर्ट समेत पाउन सकिन्छ । यद्यपी यी फिचर कमजोर प्रोसेसर भएका स्मार्टफोनमा भने काम गर्दैनन् । यो एप एन्ड्रोइड भर्सन ४.४ वा त्यसपछिका भर्सन भएका फोनमा काम गर्दछ ।

भिटा

भिटाको सबैभन्दा राम्रो पाटो के छ भने यो सम्पूर्ण रुपमा निःशुल्क छ ।भिटाको सहयोगमा गज्जबको भिडियो एडिटिङ गर्न सकिन्छ । फोटोका लागि एपलाई केही प्रमिसन दिनुपर्ने हुन्छ ।

 

यसमा ब्याकग्राउन्ड म्युजिक समेत राख्न सकिन्छ ।यो एपमा एडिटिङका लागि प्रोफेसनल भिडियो तयार पार्न सकिने टूल तथा फिचरहरु छन् ।

 

यसको सेटिङमा गएर वाटरमार्क राख्ने वा नराख्ने भन्ने विकल्प पनि चयन गर्न सकिन्छ । यो एपका लागि एन्ड्रोइड ६.० वा त्यसभन्दा पछिल्लो भर्सन हुन जरुरी छ ।

इनशट

एकसाथ कयौं लेयर बनाएर यो एपमा भिडियो एडिटिङ गर्न सकिने सुविधा छ । साथै फरक फरक सामाजिक सञ्जालका लागि भिडियो फर्म्याट चयन गर्ने विकल्प पनि यसमा पाउन सकिन्छ ।

 

 

एकदमै प्रयोगकर्तामैत्री एपको रुपमा रहेको इनशट कुनै नयाँ प्रयोगकर्ताले केही मिनेटमै सही रुपमा प्रयोग गर्न सक्छन् । फोनमा एन्ड्रोइड भर्सन ५ वा त्यसभन्दा पछिल्लो भर्सन छ भने यो एप सहजै प्रयोग गर्न सकिने छ ।