नेपालमा थप १०९५ जनामा कारोना संक्रमण पुष्टि, थप ८ जनाको मृत्यु

काठमाडौ। नेपालमा थप १ हजार ९५ जनामा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार पीसीआर विधीबाट १० हजार ७ सय ८६, एन्टीजेन विधीबाट ३ हजार ३१ जनामा परिक्षण गर्दा १ हजार ९५ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

 

कोरोनाबाट थप ८ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको सँख्या ११ हजार ४८ पुगेको छ ।

 

 

 

त्यस्तै आज २ हजार ९सय ५७ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कारोनाबाट डिस्चार्ज हुनेको सँख्या ७ लाख ५२ हजार १ सय ७० रहेको छ । नेपालमा हाल संक्रिय संक्रमित सँख्या २२ हजार ३ सय २३ रहेको छ ।