माधव नेपालसहित १४ सांसदको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं। नेकपा (एकृत समाजवादी ) का अध्यक्ष माधव कुमार नेपालसहित १४ सांसदको पद खारेजी गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट हेर्दाहेर्दैमा राखिएको छ ।

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिहटमा आज कुनै आदेश नआएको हो ।

 

 

न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा रहेको उक्त मुद्दामा सुनुवाइ नसिकएपछि हेर्दोहर्दैमा राखिएको हो ।

 

 

रिटमा १४ सांसद कारवाही नगर्ने सभामुखको निर्णय खारेज हुनुपर्ने, एमालेले कानुन बमोजिम गरेको कारवाही कार्यान्वयन गरी सूचना टाँस्न अन्तरिम आदेश दिनुपर्ने माग गरिएको छ ।

 

 

एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र १ भदौमा संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरेका सांसदलाई निष्कासन गरेको सूचना टाँस गरेका थिएनन् ।