माओवादीलाई बास्कोटाको प्रश्न: हिजो बैंक लुटेको पैसा खै ?

पोखरा ।नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले माओवादीले यसअघि कमाएको अवैध सम्पत्तिलाई वैध बनाउन प्रतिस्थापन विधेयक ल्याएको आरोप लगाएका छन् ।

 

 

पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले लगानीमा स्रोत देखाउनु नपर्ने व्यवस्था ल्याएर कालोधनलाई सेतो बनाउने प्रयास भएको बताए । ‘केही क्षेत्रमा लगानी गर्दा स्रोत देखाउन नपर्ने भनिएको छ ।

 

 

यस्को तात्पर्य सीधा छ । सत्ताका गठबन्धनको कसैको अवैध पैसा छ । त्यो कालोधनलाई सेतो बनाउनुपर्‍यो,’ उनले भने, ‘हामीले प्रश्न उठाउनुपर्ने भयो कि हिजो बैंक लुटेको पैसा कहाँ छ ?

 

 

उनले सबैसँग चन्दा बटुलेर अकुत सम्पत्ति कमाएको आरोप पनि लगाए । ‘किसानसित, कुखुरा र भैंसी व्यापारिसित पनि चन्दा उठाइयो । हिजो माष्टरले तलब बुझ्न पाएनन् ।

 

 

जसले तलब बुझ्छ, माओवादी पुगिहाल्थ्यो,’ बास्कोटाले भने, ‘आज माओवादीको अर्थमन्त्री हुँदा यो अवैध सम्पत्तिको श्रोत देखाउनु नपर्ने ?

 

केही मान्छेले अवैध ढंगले कमाएको अकुत सम्पत्तिलाई वैधानिककरण गर्न विधेयकको प्रतिस्थापन विधेयक ल्याएर सुशासन आउँछ रु’ यस्तो व्यवस्थाले देश नै कालोसूचीमा पर्न सक्ने भन्दै उनले विरोध जनाए ।

 

 

एमसीसी विवाद माओवादी अध्यक्ष प्रचण्डले गिजोलेको उनको आरोप छ । ‘एमसीसी गिजोलेको प्रचण्डले मात्रै हो । सत्तामा हुँदा एउटा कुरा, बाहिर हुँदा अर्को कुरा गर्छन् । वैदेशिक सहायता मजाकको कुरा हो?

 

 

उनी भन्छन्, ‘एमाले सरकार हुँदा संसदमा पेस गर्ने भनेका थियौं । रोकेको सभामुखले होइन रु कुनै पनि देशसँग पुँजी र प्रविधि सहयोग लिन सकिन्छ । तर स्वाधीनता र संविधानमाथि प्रश्न उठ्नु हुँदैन ।

 

 

एमाले विभाजन नभएको दावी गर्दै उनले माधवकुमार नेपाल एमालेको अवैध सन्तान भएको आरोप लगाए । ‘एमाले फुटेको होइन, काँचुली फेरेको हो । हरेक वसन्तमा नयाँ पात पलाउँछ ।

 

 

 

एमालेबाट केही मान्छे गए, हामीले काँचुली फेर्‍यौं,’ उनले भने, ‘कसैलाई एमालेको नाम सुन्दा नाक छोप्नुपर्ने भएको छ रे । माधव नेपाल त्यसो भए माधव नेपाल अवैध सन्तान हुन् ?आफैलाई जन्माएको बाउआमा नचिन्ने कुपुत्र हुन् रु’ उनले संसद अवरोध कायम रहने पनि स्पष्ट पारे ।

 

 

पूर्व सञ्चारमन्त्री समेत रहेका बास्कोटाले मिडियाको घाँटी थिच्नेगरी कुनै पनि कानून स्वीकार्य नभएको सुनाए । मिडिया विना लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन,’ उनले भने, ‘तर मिडिया पनि पाठकको कठघरामा उभिनुपर्छ ।

 

आँफै करेक्सन हुनुपर्छ ।प्रदेशका मिडिया विधेयकहरु सैद्धान्तिक हिसाबले पास नहुने उनको भनाइ थियो ।न्युज कारखाना