सुडानमा सरकारी सेनाको सत्ता हत्याउने प्रयास बिफल

काठमाडौं। सुडानमा सेनाको सत्ता हत्याउने प्रयास असफल भएको छ। सैन्य विद्रोह ‘कू’ मार्फत सत्तापलट गर्ने सेनाको प्रयास असफल भएको त्यहाँको सरकारी टेलिभिजनले जानकारी दिएको बीबीसीले जनाएको छ।

 

 

‘कू गर्ने एउटा असफल प्रयास गरिएको छ, मानिसहरूले त्यसको प्रतिवाद गर्नुपर्छ’ सरकारी टेलिभिजनले भनेको छ।खबरमा कू गर्ने षड्यन्त्र कसले गरेका हुन् भनेर केही खुलाइएको छैन।

 

 

राजधानी खार्तुम र ओमडर्मान आसपास क्षेत्रबाट प्राप्त विवरणहरूअनुसार ती क्षेत्रमा बाक्लो सैन्य गतिविधि देखिएको छ र नाइल नदीमाथि रहेका पुलहरू बन्द गरिएका छन्।

 

 

स्थिति नियन्त्रणमा लिन सरकारले आवश्यक कदमहरू चालेको पनि विवरणहरूमा जनाइएको छ।

 

सन् २०१९ मा सेनाले ओमार अल–बासिरको निरंकुश शासन हटाएपछि त्यहाँ लोकतन्त्र बहाल भएको छ तर लोकतन्त्रको अवस्था नाजुक छ।त्यहाँ अहिले सेना र आम नागरिकको सहमतिमा संक्रमणकालीन सरकार छ।