नेपालमा थप १३३० जनामा कोरोना संक्रमण पुष्टि,थप ५ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १ हजार ३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अवधिमा कोरोना संक्रमणबाट थप  ५ जनाको मृत्यु भएको छ भने १ हजार ८३० जना निको भएका छन् ।

 

 

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षण गर्दा २ सय ९४ गरी १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।