नेपालगञ्जको पिपरीमा कृषि विकास बैंकको शाखा सञ्चालनमा

काठमाडौं। कृषि विकास बैंकले नेपालगञ्जको पिपरीमा नयाँ शाखा सञ्चालन गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले सो शाखाको उद्घाटन गरेका हुन्।

 

 

 

कृषकको हित र सहजताका लागि कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउन बैंकले किसान क्रेडिट कार्डसमेत सञ्चालनमा ल्याएको छ।