गाईको बाछो काट्ने चार जना पक्राउ

काठमाडौं । गाईको बाछो काटेको अभियोगमा रसुवा नौकुण्ठ गाउँपालिका-२ घर भएका ६५ वर्षीय कामछिरिङ लोकचन लगायत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

 

 

तारकेश्वर नगरपालिका-५ गोलढुङ्गा फुयेलचोक चौतराको खोलामा गाईको बाछो काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले गाईको बाछो काटिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।