सर्पले टोकेर दिदीभाइको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं। सप्तरीमा सर्पले टोकेर एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । खडक नगरपालिका वडा नम्बर २ सिस्वाबेल्हीका १४ बर्षीया सुनीता मण्डल र ९ बर्षीय कृष्ण मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

घरमा राति सुतेको ठाउँमा सर्पले टोकेपछि उनीहरुलाई सिराहाको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल लगिएको थियो ।

 

 

सुनीताको उपचारका क्रममा त्यहीँ मृत्यु भएको र कृष्णलाई राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल लगेपछि उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।