सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने

काठमाडौं। सत्ता गठबन्धनको बैठक आज ५ बजे बस्ने भएको छ। मन्त्रिपरिषद् विस्तार नभएको टिप्पणी बढ्न थालेपछि सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले यस विषयको छलफल बाक्लो बनाउन थालेका छन्।

 

 

आजको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे गहन छलफल हुने बताइएको छ।

 

 

हिजो बसेको बैठकले डा। नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति भएको थियो। उनले आजै पद तथा गोपनियताको शपथ लिएका छन्।