वी.पी कोईराला मेमोरियल क्यान्सर अस्पतालको क्यान्सर सतर्कता तथा वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम आयोजना

चितवन। वी. पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालले १७ औं क्यान्सर सतर्कता दिवस तथा २२औं वार्षिकोत्सबको सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ।

 

 

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा कार्यक्रम गरी दिवस मनाईरहेको बताए।

 

सोमबार क्यान्सर सेवा समाजको सहकार्यमा अस्पताल गेटदेखी बुद्ध चोकसम्म क्यान्सरसम्बन्धी सचेतना पर्चा वितरण कार्यक्रम सम्पन्न भएको छ।

 

 

मंगलबार अस्पतालको क्यान्सर रोगथाम विभाग र क्यान्सर सेवा समाजको संयोजनमा क्यान्सर अस्पतालको बहिरंग विभागमा सयौं क्यान्सर बिरामी र बिरामीका आफन्तजनको सहभागीतामा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न भयो।

 

बुुधबार अस्पतालको सिर्जनशिल समाजको सहकार्यमा भरतपुर -४ वैकुण्ठटोलमा पाठघरको मुख र स्तनको क्यान्सर स्क्रिनिङ्ग कार्यक्रम सम्पन्न भयो।

 

 

असोज ७ गते दिउँसो २ बजे लायन्स क्लब र क्यान्सर सेवा समाजको सहयोगमा बिरामी कुरुवाघर भवन शिलान्यास र ११ बजे खुल्ला रक्तदान कार्यक्रम अस्पताल परिसरमा हुने कार्यकारी निर्देशक डा. गौतमले जानकारी दिनुभयो ।

 

 

असोज ८ गते लायन्स क्लब अफ गैंडाकोटको सहयोगमा गैंडाकोटको केलादीमा क्यान्सर स्क्रिनिङ्ग र अस्पतालको नवनिर्मित HDU र ICU उद्घाटन कार्यक्रम गरिदैछ।

 

 

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन असोज १० गते अस्पतालमै वार्षिकोत्सब कार्यक्रम आयोजना गरिएको छ।

 

क्यान्सर रोगथाम तथा न्युनिकरणका लागि अस्पतालले विशेषज्ञ सेवा एवम् विविध गतिविधि गर्दै आएको अस्पतालका उप निर्देशक डा. कृष्णसागर शर्माले बताए।

 

 

 

हाल अस्पतालमा ४५० शैंया सञ्चालनमा छ। अस्पतालले स्वास्थ्य मन्त्रालयको अनुरोधमा १२० शैंया कोभिड-१९ को उपचारको लागि छुट्टाएको छ।