ओली विदेशीका दलाल, फासिस्ट र अहंकारी हुन् : अध्यक्ष प्रचण्ड

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीमाथि भगौडा भएको आरोप लगाएका छन् ।

 

 

वाईसीएलको दोस्रो पाँचखाल नगर सम्मेलनलाई बिहीबार काभ्रेको पाँचखालमा सम्बोधन गर्दै प्रचण्डले केपी प्रवृत्ति कम्युनिस्टविरोधी, राष्ट्रविरोधी र सामन्ती प्रवृत्ति हो भन्ने प्रमाणित भएको बताए ।

 

 

‘केपी हरुवा हो । भगौडा हो । कम्युनिस्ट आन्दोलनबाट भाग्यो । मार्क्सवाद, समाजवादबाट भाग्यो, उनले भने, ‘मार्क्सवाद, समाजवाद, एकता विरोधी चरित्रलाई उदांगो पारेर पार्टी निष्कासित गरेको हो । हामी विजेता हो । ऊ हरुवा हो भन्दै प्रचण्डले आक्रोश पाेखेका थिए ।