ओडारमा भेटियो २५ थान भरुवा बन्दुक
प्रकासित मिति : ८ आश्विन २०७८, शुक्रबार
प्रकासित समय : १२:३४
काठमाडौं। बागलुङको एक ओडारमा २५ थान एकनाले बन्दुक फेला परेको छ । तामानखोला गाउँपालिकाको वडा नम्बर–५ र ६ को सिमानामा रहेको ओडारमा लुकाई राखेको अवस्थामा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।
बुङदोभान प्रहरी चौकीबाट खटिएको प्रहरी चौकीको टोलीले २४ थान साबुद र १ थान बेसाबुद गरि २५ थान एकनाले बन्दुक बरामद गरेको छ।
बागलुङ प्रहरीले हतियार बरामद गर्ने अभियान चलाएपछि गाउँलेहरु बन्दुक ओडारमा लुकाएको थाहा भएको एसपी कृष्ण पल्लीमगरले बताए।
उनका अनुसार यो बन्दुक सशस्त्र समूह नभई गाउँलेहरुले लुकाएर राखेको बताएका छन्।