प्रधानन्यायाधीश इजलासमा रहने वा नहरने भन्ने विवादमा आज सुनुवाइ स्थगित

काठमाडौं । संवैधानिक निकायमा नियुक्तिसम्बन्धी मुद्दा हेर्ने संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने वा नहरने भन्ने विवादमा आज सुनुवाइ हुन सकेन ।

 

 

विवादको निरुपण गर्न सर्वोच्च अदालतले बारसँग मागेको एमिकस क्युरी उपस्थित नभएपछि मुद्दाको सुनुवाइ प्रभावित बनेको हो ।

 

 

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासमा अधिवक्ता डा।गणेश रेग्मीले संवैधानिक इजलासमा प्रधानन्यायाधीशको अनिवार्यता औल्याउँदै दायर गरेको रिट पेसीमा चढेको थियो ।

 

 

 

‘सर्वोच्च र नेपाल बारलाई एमिकस क्युरी मनोनयनका लागि चिठ्ठी गएको थियो । एमिकस क्युरी बहस गर्न पनि आउनुभएन । नाम पनि पठाउनुभएन ।

 

 

त्यहीँ भएर आज सुनुवाइ हुन सकेन,’ सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने, ‘एमिकस नामावली प्राप्त भएपछि गम्भीर प्रकृतिको मुद्दा भएकाले अविलम्ब पेसी चढाउने आदेश भएको छ ।