स्वर्गीय जगत बहादुर श्रेष्ठको दोस्रो स्मृति कार्यक्रम सम्पन्न

चितवन ।नेकपा (क्रान्तिकारी माओवादी) चितवनको आयोजनामा क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार जगत बहादुर श्रेष्ठको दोस्रो स्मृति कार्यक्रम सम्पन्न भएको छ।

 

 

 

 क्रान्तिकारी माओवादीकी केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष अम्बिका मुडभरी,केन्द्रीय सल्लाहकार किसान नेता भुमिश्वर कडेल, स्वतन्त्र वामपन्थी नेता भक्ति प्रसाद लामिछाने , राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनी, एमसीसी खारेजी अभियान चितवनका संयोजक फणीन्द्र आचार्य , कवि पुर्ण बहादुर अधिकारी , रविकिरण निर्जीव , स्व.जगत बहादुर श्रेष्ठका भतिज राजकुमार श्रेष्ठ लगायतले मन्तव्य राख्दै नेपाली कम्युनिस्ट आन्दोलनमा उहाँको दृढता एवम् ईमानदारीताको पाठ सबैले अनुशरण गर्नुपर्नेमा जोड दिए।

 

जगत बहादुर स्मृति प्रकाशन समितिका सहसचिव मोदनाथ मरहठ्ठाको स्वागत मन्तव्य तथा कार्यक्रमको सहजीकरण नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला सेक्रेटरी अशोक शर्माले गरेका थिए।

 


कार्यक्रमको समापन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला ईन्चार्ज घननाथ सापकोटाले स्वर्गीय जगत बहादुर श्रेष्ठको योगदानबाट सिक्दै क्रान्तिकारी कम्युनिस्टहरूले क्रान्तिको बाटोमा निरन्तर लामबद्ध  हुनुपर्नेमा जाेड दिएका थिए।