परिक्षण नगरी गर्भवती भएको थाहा पाउन चाहनुहुन्छ: यस्तो गर्नुहोस्

काठमाडौं। आमा बन्नु हरेक महिलाको जीवनको एउटा सुन्दर सपना हुन्छ । हरेक महिलाहरु गर्भवती बन्दा आफूलाई सबै भन्दा भाग्यमानी ठान्छन् ।

 

 

यदि तपाईंपनि गर्भवती बन्ने प्रयास गरिरहनु भएको छ भने केही त्यस्ता लक्षणहरु छन्, जसलाई देखेर तपाईं आफू गर्भवती हुनु भएको छ कि छैन भन्ने कुरा अनुमान लगाउन सक्नु हुनेछ ।

 

 

गर्भवतीको आशंका भएमा केही महिलाहरु घरमै त केही महिलाहरु अस्पतालमा गएर गर्भवतीको परिक्षण गराउँछन् ।

 

 

तर, गाउँमा अस्पताल जान त्यती सम्भब हुन नसक्ने भएकाले घरमा नै गर्भवती भए नभएको परिक्षण गर्ने केही यस्ता उपायहरु छन् ।

 

 

गर्भाधारणपछि खासगरि मासिक धर्म रोकिनेदेखि लिएर स्तनहरु कोमल हुने तथा छाला फुस्रो हुनेजस्ता विभिन्न लक्षणहरु महिलाको शरीरमा देखिन थालछ ।

 

 

तर, हरेक महिलामा यीमध्ये केवल एउटा मात्र लक्षण आम हुन्छ, त्यो हो महिनावारी रोकिनु । जबकि गर्भवती हुनुका अन्य लक्षण हरेक महिलाहरुमा भिन्न–भिन्न देख्न सकिन्छ ।

 

महिनावारी रोकिनु

 

मासिक धर्म खासगरी अचानक वजन घट्ने अथवा बढ्ने, नियमित गर्भनिरोधकको प्रयोग गर्ने, तनाव तथा अन्य कारणहरुले पनि रोकिने गर्दछ ।तर, यदि तपाईंको मासिक धर्म ७ देखि १० दिनसक्क रोकिन्छ भने त्यो गर्भवतीको संकेत हुनसक्छ ।

 

उल्टि हुन खोज्नु

 

गर्भधारणको तेस्रो हप्तामा केही महिलाहरुलाई उल्टी आउनु भन्दा अघिको भावना उत्पन्न हुनु अथवा मर्निङ सिकनेस हुन्छ ।

 

 

त्यसक्रमा गन्ध अथवा स्वादले पनि उल्टि आउँछ र कुनै पनि खानेकुरा खान मन लाग्दैन । शरीरमा हार्मोनको स्तर बढ्ने कारणले त्यस्तो भएको हुन्छ, जुन गर्भावस्थाकै लक्षण हो ।

 

स्पटिङ

 

अन्तिम महिनावारीको एक अथवा दुई हप्तापछि योनीबाट केही थोपा रगत निस्कने स्थितिलाई इन्प्लान्टेशन ब्लिडिङ भनिन्छ । स्पटिङ खासगरी त्यो बेला हुन्छ, जब भ्रूण गर्भाशयमा प्रत्योरोपित हुन्छ, जुन गर्भावस्थाको एउटा मुख्य लक्षण हो।

 

पटक–पटक पिसाव लाग्नु

 

शरीरमा हार्मोनल परिवर्तनका कारण रगतको प्रवाह तथा पानीको मात्रा बढ्छ, जसका कारण सामान्य भन्दा बढि पिसाव लागेको महसुस हुन्छ ।

 

 

यसका साथै गर्भाशयद्वारा पनि मुत्राशयमा दवाव पर्छ, जसले पटक–पटक पिसाव फेर्नु पर्छ ।यदि तपाईंमा पनि यो लक्षण देखियो भने त्यो तपाईं गर्भवती भएको लक्षण हो भन्ने बुझ्नु पर्छ ।