एमसीसी सम्झौता राष्ट्रघाती र जनघाती हो,संशोधन होइन खारेज हुनुपर्छ :अध्यक्ष गजुरेल

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य तथा अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले बर्दिवासमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमसीसी राष्ट्रघाती सम्झौता भएको बताएका छन्।

 

 

संयुक्त राज्य अमेरिकाद्वारा नेतृत्व गरिएको हिन्द–प्रशान्त रणनीतिको अङ्गका रूपमा रहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ र नेपाल सरकारबीच भएको भनिएको सम्झौता पारित गराउने सरकारको तयारी चौतर्फि बिरोधका बावजुद केही समय स्थगित भएको गजुरेलले बताए।  

 

 

हाम्रो पार्टीले धेरै पहिलादेखि नै ‘यो अमेरिकी साम्राज्यवादले नेपालमा साठगाँठ गर्ने षडयन्त्र गरिराखेको र यसमा सर्तक हुनुपर्छ,एमसीसीमा सामेल हुनुहुँदैन यो राष्ट्रघाती हो खारेज हुनुपर्छ भनेर हामीले पटक पटक आन्दोलनका कार्यक्रम गरेका छौ। अझै सरकारले यो परियोजना खारेज नगरूनजेल हाम्रो आन्दोलन जारी रहने गजुरेलले बताए।  

 

 

 

  प्रक्रियावादीहरुले नेपालको राष्ट्रियता,अखण्डामाथि खेलिरहेका छन् ।जनताबाट चुनिएर आएका जनप्रतिनिधिहरुले देशको राष्ट्रियता, सार्वभौमता र अखण्डतामा सौदावाजी गरेर आफ्नो पेट पाल्ने होइन ।

 

 

 

देशमाथि भएका विभिन्न खाले  षड्यन्त्रहरु विरुद्ध दह्रो ढंगले उभिएर देश र जनताको हितमा लड्नु पर्ने होइन भनेर गजुरेलले प्रश्न गरेका छन्।   

 

 

 

 

अमेरिकन सामराज्यवादले कैयौं राष्ट्रहरुलाई सहयोगका नाममा आफ्नो फन्दाभित्र पारिराखेको छ । पछिल्लो समय उसको चिनमाथि षड्यन्त्र गर्न नेपाली भूमी प्रयोग गरेर यो सहयोग गर्न लागेको प्रष्ट देखिएको गजुरेलले बताए।

 

 

 

 

एमसीसी सम्झौता नेपालका लागि अन्त्यन्तै घातक रहेको र नेपालमा अस्थिर राजनीति भएको बेला एमसीसी सम्झौतालाई अघि सारिएको गजुरेलले बताए। एमसीसी पास गरेर सरकारले देशलाई उपनिवेश बनाउने षड्यन्त्र थालेको गजुरेले आरोप लगाएका छन्।   

 

 

 

  जसरी बेलायतीहरुले भारतमा इस्ट इण्डिया कम्पनी खोले त्यो इस्ट इण्डिया कम्पनी भन्दा खतरनाक भएको उनले बताएका छन्।

 

 

एमसीसी कुनै हालतमा मान्य नहुने भन्दै उहाँले एमसीसीले नेपाल सरकारलाई सुझाव दिने प्रावधान सम्झौतामा राखिएको बताउनुभयो ।

 

 

 

एमसीसीको कतिपय प्रावधानले नेपालको आत्मनिर्णयको अधिकार र स्वाधिनतामाथि हमला गर्ने उहाँले पत्रकार भेटघाट कार्यक्रममा बताउनु भयो।