ट्रकको ठक्करबाट आमा-छोराको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं। रुपन्देहीमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु भएको छ । सैनामैना नगरपालिका–५, बुद्धनगरमा मंगलबार बिहान साढे ५ बजे ट्रकले ठक्कर दिँदा मा–छोराको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरिक्षक डिल्लीनारायण पाण्डेले बताए ।

 

 

मृत्यु हुनेमा स्थानीय ४२ वर्षीया राधा भट्टराई र उनका १५ वर्षीय छोरा मेहश भट्टराई रहेका छन् । ट्रकले ठक्कर दिएपछि घाइते भएका उनीहरुको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

 

 

 

उनीहरुलाई पश्चिमदेखि पूर्वतर्फ जाँदै गरेको ना ८ ख ४४११ नम्बरको भैंसी बोकेको ट्रकले ठक्कर दिएको थियो । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।