आगामी कात्तिक ७ र ८ मा भिटामिन ‘ए’, र जुकाको औषधि खुवाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी ७ र ८ कात्तिकमा भिटामिन खुवाउने अभियान सञ्चालन गर्ने भएको छ। यसअघि २ र ३ कात्तिकमा तय भएको अभियान दशैंका कारण मिति सारिएको हो ।

 

 

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको सिफारिसमा तोकिएको मितिमा बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधिसँगै बालभिटा पनि दिइनेछ।

 

 

जसमा ६ महिनादेखि २३ महिनाका बालबालिकालाई बालभिटा ‘बहुसूक्ष्म पोषक तत्व’, ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइदै छ।

 

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पनि सहजीकरणमा हुने कार्यक्रम सात सय ५३ वटै स्थानीय तहमा सञ्चालन हुनेछ।