बाजुरा जल्लिामा काँग्रेसको ७ औँ जिल्ला अधिबेशनबाट प्रदेश क को सभापतीमा राम बहादुर बोहरा निर्वाचित

काठमाडौं। बाजुरा जल्लिामा नेपाली काँग्रेसको ७ औँ जिल्ला अधिबेशनबाट प्रदेश (क) को सभापतीमा राम बहादुर बोहरा निर्बिरोध निर्वाचित भएका छन् ।

 

 

जिल्लाको प्रदेश (क) मा पनि असोज १३ गते बाट अधिबेशन सूरु भएकोमा (क) सभापतीमा बोहोरा चयन भएका छन ।

 

 

 

प्रदेश (क) को अधिबेशनमा नेपाली काँग्रेस जिल्ला कार्य समिति कोषाध्यक्ष नारायण पाध्याय र बुढिनन्नदा गरपालिका वडा नं.४ का वडा अध्यक्ष राम बहादुर बोहराको उम्मेद्वारी रहेको थियो ।

 

 

 

बुधबार बिहानै देखी दुबै जना उम्मेद्वार विच सहमति गराउदा बेलुकी मात्र दुबै जना उम्म्द्वारले एक आपसमा सहमति गरेर नेता बोहरा प्रदेश (क) को सभापतिमा चयन भएका हुन ।

 

 

 

नेता बोहरा नेपाली काँग्रेसको १३ औँ महाधिबेशन र छैठौँ जिल्ला अधिबेशनमा महाधिबेशन प्रतिनिधीमा बिजयी भएका थिए ।