राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । आगामी आइतबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक सूचना जारी गरेर स्थगित गरिएको छ ।

 

 

१७ असोज आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने संघीय संसदका महासचिव डा। भरतराज गौतमले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।

 

 

महासचिव गौतमका अनुसार अब १८ असोज सोमबार बिहान ११ बजे राष्ट्रियसभाको बैठक बस्नेछ ।