सरकाले गर्यो वडादसैंका साइतहरू सार्वजनिक,कुन साइत कतिबेला (सूचनासहित)

काठमाडौं । सरकारले यस वर्षको वडादसैंका साइतहरू सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाको पत्रअनुसार गृहमन्त्रालयले साइतहरू सार्वजनिक गरेको हो ।

 

 

मन्त्रालयका अनुसार घटस्थापनाका उत्तम साइत बिहान ११ः४६ बजे रहेको छ । विजया दशमी एवम् टीकाको समय भने यसअघि नै सार्वजनिक गरिसकिएको छ ।

 

 

 

टीकाको उत्तम साइत १०:२ बजे छ । फूलपाती तथा तुलजाभवानी यात्रा बिहान ७:११ बजे र स्थिरासन बिहान ८:४४ बजे रहेको छ ।