राष्टिय परीक्षा बोर्डले एसईईका लागि रजिष्ट्रेसन र आवेदन फाराम भर्न सूचना जारी

काठमाडौं।राष्टिय परीक्षा बोर्डले २०७८ मा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसईई मा समावेश हुनका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुल्ला गरेको छ।

 

 

 

राष्टिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गरी ‘कक्षा १० मा नियमित रुपमा अध्ययनरत विद्यार्थी, माध्यमिक तहको खुला तथा बैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारका विद्यार्थीलाई आजबाट कात्तिक मसान्तभित्र आवेदन फाराम भर्नु पर्ने भएको छ।

 

 

 

परीक्षा शुल्क पाँच सय रुपैयाँ तोकिएको छ ।परीक्षार्थीको फाराम १० मंसिरभित्र शिक्षा विकास तथा समन्वय इकाइमा बुझाइसक्नुपर्ने र १५ पुसभित्र परीक्षा नियन्त्रण कार्यालयमा पेस गरिसक्नु पर्ने बार्डले जनाएको छ ।