राष्ट्रलाई कसरी अघि बढाउने एकपटक सोच्ने बेला आयो :पूर्व युवराज्ञी हिमानी शाह

काठमाडौं। पूर्व युवराज्ञी हिमानी शाहले राष्ट्रलाई कसरी अघि बढाउने भनेर एकपटक सोच्ने बेला आएको बताएकी छन् ।

 

शुक्रबार नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्ने कार्यक्रममा पूर्व युवराज्ञी शाहले नेपाली भएको नाताले सबैले एकपटक देश विकासका लागि सोच्ने बेला आएको बताइन् ।

 

 

उनले आय आर्जनको लागि अब दिगो घरेलु उद्योग सञ्जाल स्थापना गरी युवा र महिलाहरुको गरिबी निवारण गर्नुपर्ने बताइन् ।

 

 

युवा र महिलाहरुलाई गरिबी निवारण गर्नको लागि नयाँ तैर तरिकाको अन्वेषण आवश्यक रहेको भन्दै पूर्व युवराज्ञी शाहले कृषि क्षेत्रमा किसानले सामना गरिरहेका समस्याहरुको समाधान गर्नुपर्ने बताइन्।

 

 

 

उनले नेपालबाट विदेश पलायन भइरहेको प्रतिभालाई रोक्नुपर्ने बताउनुभयो । उहाँले विदेश पलायन भइरहेको प्रतिभालाई रोक्न आफूहरुले नजरअन्दाज गर्न नसक्ने बताइन् ।

 

 

 

 उनले भनिन्, ‘नेपाली हुनुको नातालेअब समय आयो सबै एक भएर सोचौँ, मनन गरौँ कि हामी हाम्रो राष्ट्रलाई कसरी उत्थान गर्न सक्छौँ, आय आर्जनको लागि दिगो घरेलु उद्योगको सञ्जाल स्थापना गरी सो मार्फत् युवा र महिला वर्गको गरिबी निवारणमा टेवा, सेवा प्रदान गर्ने कोषको विविध लक्ष्य मध्येको एक हो, यसको लागि नवीन परिवर्तनात्मक तौर तरिकाको खोज अन्वेषण आवश्यक छ, सम्पूर्ण नेपालीहरुलाई निश्चित समय भित्र कोरोनाविरुद्धको खोपको सुनिश्चित गर्न आवश्यक छ, कृषि क्षेत्रमा रहँदै आएका, किसनले भोगिरहेका समस्याको समाधान गरिनुपर्छ, पर्यावरण सन्तुलनको लागि हरित प्रयोग, नेपाल र नेपालीको लागि स्थानीय लक्ष्य, नेपाली बन,नेपाली वस्तु किन भन्ने जस्ता नाराहरु आज अझ बढी यथार्थ भएको छ, मुलुकमा भइरहेको पृथबाहू, प्रतिभा पलायन र ज्ञान, सीप एवं क्षमताबीचको दूरी परिपूर्ण गर्नलाई हामी न त नजरअन्दाज गर्न सक्छौँ, न त यो स्थितीलाई सहेर बस्ने विलासिताको सुविधा नै हामीसँग बाँकी रहेको छ ।

 

 

पूर्व युवराज्ञी शाहले विगतबाट सिक्दै वर्तमानमा जीवन्त रहेर, साझा भविष्यको परिकल्पनाको साथ नव सुधार गर्दै राष्ट्रलाई समृद्ध बनाउनु पर्ने बताइन्।

 

 

उनले मुलुकको सेवा गरे मात्रै मुलुकले हाम्रो लालनपालन गर्ने भन्दै विकसित राष्ट्र निर्माणको लागि प्रयत्नरत गरिरहनुपर्ने बताइन् ।