कर्णालीकी चेली पञ्चा सिंह भइन अखिल (क्रान्तिकारी)को अध्यक्षमा चयन

काठमाडौं।माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को अध्यक्षमा पञ्चा सिंहलाई चयन भएकी छन् । प्रचण्डले नेताहरुलाई खुमलटार बोलाएर नयाँ अध्यक्ष सिंहलाई बनाउने निर्णय सुनाएका हुन् ।

 

 

सिंहको नाम नयाँ अध्यक्षका लागि खुमलटारबाट बन्दसत्र चलिरहेको प्रज्ञा भवन पठाइएको छ। उनी पहिलो महिला अध्यक्ष पनि भएकी छन्।

 

 

गत बिहीबारदेखि राजधानीमा जारी २२ औं राष्ट्रिय सम्मेलनमा अन्य ९ प्रतिस्पर्धीलाई पछि पार्दै सिंह नयाँ अध्यक्ष भएकी हुन्।

 

 

सिंह लगायत पदाधिकारीको नाम मध्यान्ह १२ बजे हुने बन्द सत्रमा पेस हुँदैछ।