माओवादी केन्द्र र काँग्रेस निकट विद्यार्थी नेताले गरे क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)मा प्रवेश

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले विभिन्न पार्टीमा रहेका विद्यार्थी नेताहरूलाइ संगठनमा प्रवेश गराएकाे छ।

 

 

सो कार्यक्रममा अखिल (क्रान्तिकारी)की केन्द्रिय उपाध्यक्ष शिलु न्यौपानेको प्रमुख उपस्थितिमा उनिहरूलाई संगठन प्रवेश गराएकी हुन,भने कर्णाली प्रदेश संयाेजक केन्द्रिय सदस्य नेत्र बहादुर शाहीकाे पहल कदमीमा उनिहरूलाई संगठनमा प्रवेश गराइएको हाे।

 

 

त्यस्तै उपस्थितिमा केन्द्रीय उपाध्यक्ष शिलु न्याेपाने, केन्द्रीय सदस्य नेत्र बहादुर शाहीलगायत नेताहरूको उपस्थिति रहेको थियो।

 

कालिकोट जिल्ला पाचलझरना गाउँपालिका नेपाली काँग्रेस निकट नेविसंघका अध्यक्ष धनरूप सार्की र शान्ति त्रिवेणी गाउँपालीका नेकपा माओवादी केन्द्रका गाउँ कमिटी सदस्य मदन साउदलगाएतका विद्यार्थी नेताहरूले संगठनमा प्रवेश गरेका थिए।

 

नेकपा (क्रान्तिकारी) माओवादीमा पार्टी प्रवेश गर्नेको लर्को नै लाग्ने गरेको उपाध्यक्ष शिलु न्यौपानेले जानकारी दिनु भयाे।