श्रीलंकाविरुद्ध नेपालको जित

काठमाडौं । साफ च्याम्पियनसिपमा नेपालले श्रीलंकामाथि २-३ काे अन्तरले जित निकालेको छ । सोमबार राति भएको खेलमा नेपालले श्रीलंकामाथिको जित निकालेको हो ।

 

 

नेपालका लागि खेलको ३०औँ मिनेटमा सुमन लामा, ५१औँ मिनेटमा अञ्जन विष्ट र खेलको ८६औँ मिनेटमा आयुस घलानले गोल गरेका थिए ।  

 

 

श्रीलंकाका लागि मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक-एक गोल गरे । 

 

नेपालले साफ च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध एक गोल गर्दै अग्रता लिएको छ ।नेपालले श्रीलंकाविरुद्ध ३०   मिनेटमा सुमन लामाको गोल गरेर अग्रता लिएको हो ।

 

 

नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आजको सुजल श्रेष्ठको स्थानमा सुमनलाई मौका थिए ।

 

 

 

उनै सुमनले नेपाललाई ३०  मिनेटमा अग्रता दिएका हुन । नेपालले पहिलो खेलमा पनि आयोजक माल्दिभ्सलाई १–० ले पराजित गरेको थियो ।

 

 

  नेपालले आज दुई खेलाडी परिवर्तन गरेको थियो । दीनेश राजवंशीको स्थानमा विशाल राई र सुजलको स्थानमा सुमनलाई मौका दिएकाे थियाे।

 

 

 नाैं मिनेटमा नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले रेफ्रीको निर्णयमा प्रतिवाद गरेपछि पहेँलो कार्डको सामना गर्नु परेकाे थियाे।