नेपाली काँग्रेस बाजुराको जिल्ला अधिवेशनमा मतदान जारी,कसले मार्ला सभापतिमा बाजी
काठमाडौं। नेपाली काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशनमा मतदान जारी रहेको छ।मंगलबार बिहान ८ बजेबाट मतदान सूरु भएको थियाे।
नेपाली काँग्रेस बाजुराको असोज १६ गते बाट अधिवेशन सुरु भएको हाे । सहमतीबाट नेतृत्व चयन गर्न नसके पछि निर्वाचन प्रक्रिया नेतृत्व चयन गर्न मतदान गरिएको हो।
त्यस्तै देउवा पक्षबाट कविराज पण्डितको सभापति सहितको टिम,पौडेल सिटौला पक्षबाट रामसिंह रावल सहितको टिम र स्वतन्त्रबाट चक्र बहादुर शाहाको टिम घोषणा गरिएको छ।
त्यस्तै उम्मेदवारी दिनेमा सभापतीमा ३ जना, उपसभापतीमा ३ जना,सचिव ५ जना, सह सचिवमा ७ जना, जिल्ला कार्य समितिमा १९ जना, जनजाती कोटामा ३ जना, दलितबाट ५ जना अपाङ्ग अल्पसख्यमा ४ जना छन्।
त्यस्तै बडिमालिका नगरपालिका ५ जना, बुढिगंगा नगरपालिका ७ जना, त्रिबेणी नगरपालिकाबाट ६ जना, खप्तड छेडेदह गाउँपालिकाबाट ५ जना, स्वामिकार्तिक खापर गाउँपालिकाबाट ८ जना, जगन्नाथ गाउँपालिकाबाट ३ जना रहेको छन ।
त्यसै गरी महाधिबेशन प्रतिनिधी महिलाबाट ७ जना र पुरुष खुलामा २२ जना रहेका छन । खस आर्य महिलामा ६ जना र पुरुष खुल्लामा १० जनाको उम्मेदवारी परेको छ।
समाबेशी ४ जना, दलित महिला २ जना, दलित ३ जना,मधेशी लगायतका कोटामा ७ जना बिच प्रतिस्पर्धा हुने देखिएको छ।