लोकतन्त्रको नाममा लुट्तन्त्र भयो,संघीय जनगणतन्त्र ल्याउन संघर्ष गर्छौं:अध्यक्ष गजुरेल

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य तथा अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलद्धारा एक टेलिभिजनमा अन्तरवार्ता दिदै उनले भनेका छन्,स्वास्थ्य,शिक्षालगायतका क्षेत्रमा माफियाहरूले कब्जा गरेका छन्।  

 

 

त्यस्तै उनले भने स्वास्थ्य र शिक्षा क्षेत्रका जो माफिया हुन उमेश श्रेष्ठ उनलाइ नै मन्त्री बनाउनु भनेको यो व्यवस्था नै खराब हुनु हो गजुरेलले भनेका छन्।  

 

 

अहिलेको मक्किएको संसदीय व्यवस्थालाइ फालेर संघीय जनगणतन्त्र स्थापना गर्दै जनताको अधिकार स्थापना गर्ने उनले बताएका छन्। 

 

 

 

 उनले भने विद्यार्थीले पाउने हरेक किसिमका अधिकारको निम्ति हाम्रो संगठन लड्न तयार रहेको उनले बताएका छन्।

 

 

 

त्यस्तै विद्यार्थीले यातायातमा पाउने ४५ प्रतिशत छुट नपाएको खण्डमा अखिल क्रान्तिकारीको केन्द्रिय कार्यलय वा हाम्रो संगठनका नेताहरूलाइ सम्पर्क गर्नुहोस् त्यस्तो  भेटिएमा हाम्रो संगठनले तत्काल कडा कारबाही गर्ने उनले भनेका छन्। 

 

 

साथै, अध्यक्ष गजुरेलले लोकतान्त्रीक व्यवस्थाको नाममा लुट्तन्त्रको विकास भएको र त्यसको अन्त्यका लागि लोकतान्त्रीक व्यवस्था परिवर्तन हुन आवश्यक रहेको बताएका छन्।

 

 

 

वास्तविक, लोकतन्त्रका लागि सबै नेपाली जनताहरूलाई एकजुट गरेर संर्घषमा उतार्ने अध्यक्ष गजुरेलले बताएका छन्। 

 

 

एमसीसीको बारेमा मरिहत्य गरि रहनु पर्ने आवश्यक छैन एनसेलसँग कर उठाउन नसक्ने अनि अरूसँग ५० अर्बको लागि आफ्नो देशको अस्तित्व सिध्याउन हामी कुनै हालतमा दिदै नै आन्दोलनको अधिबेरी सृजना गर्छौ गजुरेलले भनेका छन्। 

 

 

 त्यस्तै भ्रष्टचारी,दलाली र माफियाहरूको विरुद्धमा अखिल क्रान्तिकारी सधै अगाडि रहने उनले अन्तरवार्ताको क्रममा बताएका छन्।