साफ च्याम्पियनसिप: भारत र श्रीलंका आज भिड्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा आज भारत र श्रीलंका भिड्दै छन् । फाइनल प्रवेशको सम्भावना गुमाई सकेको श्रीलंकाले भारतविरुद्ध जितका लागि हरसम्भव प्रयत्न गर्ने निश्चित छ ।

 

 

अपेक्षित सुरुआत गर्न नसकेको प्रतियोगिताको सर्वाधिक सफल टोली भारतलाई पनि आजको खेलमा जित्नै पर्ने दबाब छ । दक्षिण एसियाली फुटबलको महारथी भारतलाई पहिलो खेलमा १० जना सीमित भएको बंगलादेशले १–१ गोलको बराबरीमा रोकेको थियो ।

 

 

यस्तै पहिलो खेलमा बंगलादेशसँगै १–० गोलको नतिजामा पराजित भएको श्रीलंकाले दोस्रो खेलमा नेपालसँग ३–२ गोलको नतिजामा हार बेहोरेको थियो । बिहीबार माल्दिभ्सको मालेस्थित माल्दिभ्स नेसनल स्टेडियममा नेपाली समयअनुसार ४:४५ बजे सुरु हुनेछ ।

 

 

भारतको यो दोस्रो खेल हो भने श्रीलंकाको तेस्रो खेल हो । भारतले तेस्रो खेलमा नेपालको सामना गर्नेछ ।

 

 

आइतबार राति ९:४५ बजेदेखि सुरु हुने खेलमा नेपालले जित हासिल गरे पहिलो पटक फाइनल यात्रा तय गर्नेछ ।

 

 

सुरुआती दुई खेलमा जित निकालेको नेपाललाई भारत र बंगालदेशविरद्ध बाँकी दुई खेलबाट १ अंक आवश्यक छ ।