नेपालमा थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि,थप ८ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ हजार २६४ नमुनाको पीसीआर परीक्षणमा ६६७ जना र ३ हजार ४०८ नमुनाको एन्टिजेन परीक्षण गर्दा १३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

 

 

  कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। त्यस्तै थप ९११ जना निको भएका छन् । नयाँ थपिएकासँगै कोरोना संक्रमितको संख्या ८ लाख ९३ हजार ७२ पुगेको छ ।

 

 

 त्यस्तै कोरोना संक्रमणबाट हालसम्म ११ हजार २ सय जनाको मृत्यु भएको छ भने ७ लाख ७३ हजार १४० जना संक्रमणमुक्त भएका छन् ।

 

 

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये २९४ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २०७, ललितपुरका ५३ र भक्तपुरका ३४ जना छन् ।

 

 

मन्त्रालयका अनुसार प्रदेश १ मा १३६, प्रदेश २ मा ११ र बागमती प्रदेशमा ३३५ जना संक्रमित थपिएका छन् । यस्तै गण्डकीमा ८८, लुम्बिनीमा ६४, कर्णालीमा १६ र सुदूरपश्चिम प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।