बाजुरामा पाण्डे र गिरि प्यानल बहुमतले विजयी

बाजुरा। बाजुरा काङ्ग्रेसको अन्तिम मतगणना सक्किएको छ । तीन जना सभापतिका उम्मेदवारमध्य पहिलो चरणमा ५१ प्रतिशत कुनै उम्मेदवारले ल्याउन नसके पछि दोश्रो चरणको मतदान बिहिवार १ बजे सुरु भएर राती झन्डै ८ बजेसम्म भएको थियो ।

 

 

राती १ बजेबाट मतगणना सुरू भएर बिहान ६ बजे सक्किएको थियो । पहिलो चरणको मतदानमा १२०५ मत परेको थियो भने दोस्रो चरणमा ११८२ मत मात्रै खसेको थियो ।

 

 

जसमा रामसिंह रावलले ६०५ मत प्राप्त गरेका छन् भने कविराज पण्डितले ५६५ मत प्राप्त गरेका छन् । कुल मतदान भएको संख्या मध्ये ११ मत बदर भएको छ ।

 

 

 

केन्द्रीय सदस्य पाण्डे र पूर्वमन्त्री गिरिको संयुक्त प्यानलले बहुमत प्राप्त गरेको छ । निवर्तमान सभापति कविराज पण्डितको प्यानलबाट सहसचिव सुरेन्द्र शिंह मात्रै निर्वाचित भएका छन् ।

 

 

अन्य महत्वपूर्ण भाइटल पोष्ट पाण्डे र गिरिको प्यानलले हात पारेको छ । त्यस्तै जिल्ला कार्यसमितिमा पनि बहुमत छ । अधिकांश सदस्य पाण्डे र गिरि पक्षकै विजयी भएका छन् ।

 

 

 

नेपाली काङ्ग्रेस बाजुराको अधिबेशनमा सभापतीमा ३ जना, उप सभापतीमा ३ जना सचिव ५ जना, सह सचिवमा ७ जना जिल्ला कार्य समितिमा १९ जना जनजाती कोटामा ३ जना, दलितबाट ५ जना अपाङ्ग अल्पसख्यमा ४ जना, बडिमालिका नगरपालिका ५ जना, बुढिगंगा नगरपालिका ७ जना, त्रिबेणी नगरपालिकाबाट ६ जना, खप्तड छेडेदह गाउँपालिकाबाट ५ जना, स्वामिकार्तिक खापर गाउँपालिकाबाट ८ जना, जगन्नाथ गाउँपालिकाबाट ३ जना रहेको थिए।