नेपालमा थप ७६४ जना कोरोना संक्रमण पुष्टि,थप १० जनाको मृत्यु

काठमाडौं। नेपालमा थप ७६४ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रतलयका अनुसार १० हजार ६८८ वटा नमुनाको परीक्षण गर्दा ७६४ जनामा संक्रमण पुष्टि भएको हो।

 

 

त्यस्तै पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २१० पुगेको छ।

 

 

त्यस्तै आज एक हजार ३३ जना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।