बाजुरा काङ्ग्रेसमा सर्वसम्मत महासमिति सदस्य चयन

बाजुरा ।  केन्द्रीय महाधिवेशन प्रतिनिधिको मत गणना शुक्रबार राती १०:३० बजे सम्पन्न भएपछि शनिबार बिहान १०: बजे सपथ ग्रहण कार्यक्रम भएको छ ।

 

 

महाधिवेशन प्रतिनिधिपछि जिल्ला महासमिति सदस्य चुनिएका छन् । महासमिति सदस्य सर्वसम्मत चयन भएका छन् ।

 

 

बाजुरा काङ्ग्रेसको सबैभन्दा राम्रो पक्ष भनेको महासमिति सदस्यको लागि अहिलेसम्म चुनाव भएको देखिदैन ।

 

 

महासमिति सदस्यहरू: खुला तर्फ जनकराज गिरि,देवराज जोशी,मनबहादुर रावल, गोविन्द्र बहादुर मल्ल ,पदम कुमार गिरि, महिला तर्फ जुना कुमारी दानी, विद्यादेवी तिमिल्सिना, राधिका शिंह, खस आर्य तर्फ पदम बहादुर शाही, धनराज पण्डित, दलित तर्फ महा सनाई नेपालीलगायतका नेताहरू चयन भएका हुन।