मुगु बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३२ पुग्यो

काठमाडौं। मुगुमा आज मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ३२ पुगेको छ। घटनास्थलमै २४ जनाको ज्यान गुमेको थियो भने ४ जनाको उपचारका लागि लैजाँदै गर्दा ज्यान गुमेको हो।

 

 

 

त्यस्तै, ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो। छायानाथ रारा नगरपालिका–७ पिनाटपाने खोलामा दुर्घटना भएको हो। चालकसहित ज्यान गुमाउनेको संख्या ३२ पुगेको प्रहरीले जानकारी गराएको छ।

 

 

 

घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन्। नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको प्रहरीले जानकारी दियो।

 

 

घाइतेलाई हेलिकप्टर र हवाईजहाजमा राखेर उपचारका लागि नेपालगञ्ज लगिएको थियो।