नेपालमा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि,थप ८ जनाको मृत्यु

काठमाडौं। नेपालमा थप ४ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार २१४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३९८ र एन्टिजेन विधिबाट ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।

 

 

 

पछिल्लो २४ घण्टामा थप ८०४ जना संक्रमणमुक्त बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा थप ८ जनाको मृत्यु भएको छ ।