आज दिउँसो बागमती प्रदेशसहित यी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि हल्का वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 

 

हाल देशको पुर्वी भुभागमा उत्तरपश्चिमी बंगालको खाँडीमा अवस्थित निम्न चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

 

 

 

हाल मौसमको अवस्था पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

 

 

आज दिउँसो देशको प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

 

 

प्रदेश नं १ र बाग्मती पहाडी भुभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

 

त्यस्तै आज राती देशको प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

देशको प्रदेश नं १, प्रदेश नं २, प्रदेश र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

 

 

प्रदेश नं १ र बाग्मती पहाडी भुभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।