नेपालमा थप २७२ जनालाई कोरोना संक्रमण पुष्टि, थप ८ जनाको मृत्यु

काठमाडौं। नेपालमा थप २७२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। चार हजार ७१२ वटा नमुनाको परीक्षण गर्दा २७२ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

 

त्यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २७७ पुगेको छ ।

 

 

 

त्यस्तै आज ७७७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १३ हजार ३०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।