अल्मुताइरीमाथि लाग्यो प्रतिबन्ध

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीमाथि प्रतिबन्ध लागेको छ ।

 

 

भारतविरुद्धको साफ च्याम्पियनसिपको फाइनल खेलमा सहभागी हुन नपाउने भएका छन् । प्रतियोगिताको दौरान दुईवटा पहेँलो कार्ड पाएकाले उनीमाथि साफले फाइनल खेलमा प्रतिबन्ध लगाएको हो ।

 

 

 

अल्मुताइरीले आफूहरूमाथि अन्याय भएको बताएका छन् । उनले नियमनको पालना गर्नुपर्ने पनि बताएका छन् ।

 

 

 

यस्तै, नेपालका फरवार्ड अन्जन विष्टले पनि फाइनल खेल गुमाउने छन् । उनले पनि प्रतियोगिताको दौरान दुईवटा प्लेकार्ड पाएका थिए ।

 

 

आज भारत र नेपालबीच उपाधि भिडन्त हुँदैछ । खेल नेपाली समयअनुसार आज राति ८ः४५ बजे हुँदैछ ।