काभ्रेमा माइक्रोबस दुर्घटना,१७ जना घाइते

काठमाडौं। काभ्रेमा माइक्रोबस आज शनिवार भुम्लुटारमा दुर्घटना भएको छ । काभ्रेको कात्तिके देउरालीबाट काठमाडौं आउँदै गरेको बा १ ज ८९७६ नम्बरको माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

 

 

 

मानवीय क्षति भएको छैन,’ जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडाले भने, ‘सबै घाइतेहरूलाई अस्पताल लगिएको छ, दुई जनाको अवस्था गम्भीर छ ।

 

 

माइक्रोबस सडकबाट झण्डै डेढ सय मिटर तल खसेको छ । गाडीलाई ‘साइड’ दिने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी खतिवडाले जानकारी दिए ।