साफ च्याम्पियनसीपमा यी खेलाडीले आजको फाइनल म्याच खेल्न नपाउने

काठमाडौं। नेपाल र भारतबीच साफ च्याम्पियनसीपको फाइनल खेल आज राति हुँदैछ । आजको फाइनल नेपाली टिमका प्रमुख स्ट्राइकर अञ्जन विष्ट अनुपस्थित रहने भएका छन् ।

 

 

च्याम्पियनसीपका पछिल्ला दुई म्याचमा पहेँलो कार्ड खाएको हुँदा उनले फाइनल खेल्न नपाउने भएका हुन् ।

 

 

भारतविरुद्धको खेलको अन्तिम समयमा उनलाई रेफ्रीले पहेँलो कार्ड देखाएका थिए । यस्तै, बंगलादेशविरुद्धको अन्तिम खेलको ४४ औं मिनेटमा पनि उनले पहेँलो कार्ड पाएका थिए ।

 

 

 

क्रसमा लागेर फर्केको बललाई हातले हिर्काउन खोज्दा रेफ्रीले पहेँलो कार्ड देखाएका हुन् । दुई वटा पहेँलो कार्ड पाएको खेलाडीले अर्को खेल खेल्न नपाउने नियम छ ।

 

 

अञ्जनले जारी प्रतियोगितामा दुई गोल गरेका छन् ।