पहिलो हाफमा भारतविरुद्ध नेपालको गोलरहित बराबरी

काठमाडौं । नेपालले साफ च्याम्पियनसिप उपाधिका लागि अहिले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

 

 

माल्दिभ्स नेसन्स फुटबल स्टेडियममा भइरहेको खेलमा पहिलो हाफ सकिँदा नेपालले भारतसँग गोल रहित बराबरी खेलेको छ ।

 

 

साफमा पहिलोपटक फाइनल पुगेको नेपालले भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरि रहेको छ । पहिलो हाफमा दुबै टोलीले गोल गर्ने प्रयास गरेपनि गोल भने हुन सकेन ।

 

 

 

नेपाललाई आजको खेलमा भारतलाई पराजित गर्दै इतिहास रच्ने मौका छ । तर, इतिहास हेर्दा नेपालमाथि भारत हाबी छ । अहिलेसम्म नेपाल र भारत २२ खेलमा आमनेसामने भएका छन् ।

 

 

जसमा भारतले १५ खेलमा जित हात पारेको छ । जबकि नेपालले २ खेलमात्र जितेको छ । नेपालले पाँच खेल बराबरीमा रोकेको छ ।