नेपालमा थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि,थप ६ जनाको मृत्यु

काठमाडौं। नेपालमा थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ९ सय ६६ पीसीआर परिक्षणका क्रममा ३ सय ८५ जना र १ हजार १ सय ११ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

 

 

यससँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ८ लाख ९८ हजार ३ सय ९९ पुगेको छ । त्यस्तै कोभिडका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २ सय ८४ जनाको कोभिडकै कारण मृत्यु भएको छ ।

 

 

 

त्यस्तै ६ सय ८० संक्रमित संक्रमणमुक्त हुदा हालसम्म नेपालमा ७ लाख ८१ हजार ४ सय ५६ संक्रमित निको भएका छन् ।

 

 

 

हाल १२ हजार २ सय ९७ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।