नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)मा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किएका छन् ।नेपाली टिम सोमबार बिहान ९ बजे स्वदेश फर्किएका हुन् ।

 

 

 

नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी लगायतले भव्य स्वागत गरे । साथमा फुलबल समर्थकहरुको पनि उपस्थिति थियो ।

 

 

 

यसअघि फाइनलमा भारतसँग तीन शून्य गोलअन्तरले पराजित भएपछि समर्थकलाई सम्बोधन गरी नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टिमको स्वागतमा विमानस्थल पुग्न आग्रह गरेका थिए ।