माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकियो

काठमाडौं। माओवादी केन्द्रको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ । बैठकमा पार्टीका प्रदेश, स्थानीय सम्मेलन र संगठनबारे छलफल भएको छ ।

 

 

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सोमबार बिहान बसेको स्थायी कमिटी बैठकमा प्रदेश र स्थानीय तहको सम्मेलन, पार्टी सदस्यता नवीकरण र विभागहरूको गठनको विषयमा छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

 

 

स्थायी कमिटीमा प्रवेश भएका विषयमा छलफल भएको तर निर्णय भइनसकेको महराले बताए ।

 

 

आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक शुरु भयो, आज खास गरेर आगामी सम्मेलनलाई केन्द्रविन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरु गठनको विषय प्रवेश गरेको छ, विषय निष्कर्षमा पुगेको छैन’, उनले भने ।

 

 

मंगलबार फेरि स्थायी कमिटी बैठक बस्ने र ती विषयमा छलफल गरेर निर्णय हुने महराले जानकारी दिए । माओवादीले उक्त विषयमा छलफल गर्नका लागि मंगलबार बिहान ८ बजे स्थायी कमिटी बैठक बोलाएको छ ।