नेपालमा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि,थप १२ जनाको मृत्यु

काठमाडौं। नेपालमा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

 

 

 

यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३ सय ५ पुगेको छ। मंगलबार १ हजार ४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ११ हजार ८१५ सक्रिय संक्रमित रहेका छन्।

 

 

त्यस्तै  काठमाडौं उपत्यकामा थप ३५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थप ३५४ जनामा संक्रमण पुष्टि भएको हो।

 

 

 

काठमाडौंका २४३, ललितपुरका ८७ र भक्तपुरका २४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। योसँगै उपत्यकामा दुई हजार ५१९ सक्रिय संक्रमित छन्। काठमाडौंमा एक हजार २८८, ललितपुरमा ६४८ र भक्तपुरमा ५८३ जना सक्रिय संक्रमित छन्।