कुन ब्लड ग्रुप भएकाले कुन खानेकुरा खाने ?

काठमाडौं। धेरैजसो मानिसहरु खानपानमा ध्यान नदिने गर्नाले बिरामी पर्ने गरेका छन् । हामीलाई थाहा छैन कि हाम्रो ब्लड ग्रुपका अनुसार पनि उसलाई चाहिने सन्तुलित भोजनको प्रकार निर्धारण गर्दछ ।

 

 

मानिसको ब्लड ग्रुप अनुसार खानेकुरा नखाने गर्नाले स्वास्थ्यमा विभिन्न प्रकारका समस्याहरु उत्पन्न हुने गर्दछ ।

 

 

 

विज्ञहरुका अनुसार यदि मानिसहरु आफ्नो ब्लड ग्रुप अनुसार खाए शरीरलाई फाइदा पुग्दछ। ब्लड ग्रुप अनुसार खाएका खानेकुराहरु मज्जाले पच्ने गर्दछ। हरेक रगत समुहको आफ्नै छुट्टै स्वभाव हुने गर्दछ। यसमा हाम्रो खानपानसँगको सम्बन्ध जोडिएको हुन्छ।

 

 

१‌- ‘ओ’ ब्लड ग्रुप हुनेले धेरै प्रोटिन भएका खानेकुरा खानुपर्छ। यसमा दाल, मासु, माछा, फलफुल आदि रहेका छन्।

 

२‌- ‘ए’ ‘ए’ ब्लड ग्रुप हुनेले आफ्नो डाइटमा हरियो सागपातसँगै , समुन्द्री खानेकुरा तथा विभिन्न किसिमका दालहरु खाने गर्नुपर्छ। यो रगत समूह भएका मानिसहरुले ओलिभको तेल, दुधबाट बनेका खानेकुरा, मकै तथा सी फुडहरु मिलाएर खानुपर्छ।

 

 

३‌- ‘बी’ तरकारी, फलफुल, माछा, मटन, चिकेन सबै खाँदा हुन्छ। यो रगत समूहहरुको पाचन शक्ति एकदमै राम्रो हुन्छ। यसै कारण उनीहरुको शरीरमा बोसो त्यति जम्दैन। यस्ता व्यक्तिहरुले दूधबाट भनेका खानेकुरा, अण्डा जति पनि खाँदा हुन्छ। तर सन्तुलित खानेकुरा भने खान जरुरी हुन्छ।

 

 

४‌- एबी त्यस्ता ब्यक्तिहरुले लगभग सबै खाले खानेकुरा खान सक्छन् । किनकी यिनीहरुको पाचन प्रणाली अन्य रक्तसमूहका मानिसहरुको भन्दा बढि सक्रिय तथा सक्षम हुन्छ ।