नेपालमा थप ६६२ जनामा कोरोना संक्रमण पुष्टि,थप १३ जनाको मृत्यु

काठमाडौं। नेपालमा थप ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

 

 

यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३ सय १८ पुगेको छ। बुधबार ७५८ जना कोरोना संक्रमणमुक्त भएका छन्।

 

हाल देशभर ११ हजार ५७९ सक्रिय संक्रमित रहेका छन्।

 

 

काठमाडौं उपत्यकामा २५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको हो ।

 

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी १९२ जना रहेका छन्।

 

 

यसैगरी भक्तपुरमा २३ र ललितपुरमा ३५ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।